दमकमा राप्रपाको मेयर, कांग्रेसको उपमेयर

झापाः दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ। राप्रपाका रामकुमार थापा १७ हजार ५२५ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन्।
थापाले एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई ४५३ मतान्तरले पराजित गरेकी हुन्। अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन्।
यस्तै उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छिन्। भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले एमालेका अम्विकाप्रसाद खनाललाई ३९२ मतान्तरले पराजित गरिन्। खनालले १६ हजार ५७४ मत प्राप्त गरे।
यस्तै वडाध्यक्षहरूमा १ नम्बर वडामा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भए। ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भए।
६ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो। मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा–कडा प्रतिस्पर्धा हुँदै आएको थियो।
जेठ ६, २०७९ शुक्रबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।