नेपालगञ्ज उपमहानगरमा गठबन्धन हावी: मेयरमा कांग्रेस, उपमेयरमा जसपा

बाँकेः नेपालगञ्ज उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका प्रशान्त विष्टले एमालेका पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए।
विष्ट २३ हजार ४६० मत ल्याएर निर्वाचित हुँदा मिश्रले ११ हजार ६७५ मत ल्याए। राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाए।
यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी भए। उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भएका हुन्।
ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाइन्।
नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो।उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो।
२३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ।
जेठ ६, २०७९ शुक्रबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।