पनौती: कांग्रेसले मेयर जित्यो, एमालेले उपमेयर

पनौती: कांग्रेसले मेयर जित्यो, एमालेले उपमेयर

काभ्रेः पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी निर्वाचित भएका छन्। यस्तै उपप्रमुखमा एमालेकी गीता बञ्जारा विजयी भएकी छिन्। 

मेयर निर्वाचित भण्डारीले १४ हजार ५० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे। यस्तै उपमेयर निर्वाचित बञ्जाराले १२ हजार ३३७ मत प्राप्त गर्दा प्रतिस्पर्धी एकीकृत समाजवादीका छविलाल हुमागाईँले १० हजार ३८८ मत प्राप्त गरे।

पनौतीको वडा नं १ मा कांग्रेसका जयकुमार तामाङ, २ मा एमालेका पुरुषोत्तम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेकै दीपकप्रसाद दाहाल, ५ मा कांग्रेसका विनोद खत्री, ६ मा एमालेका भीमप्रसाद आचार्य र वडा नं ७ मा एमालेकै सविन ताम्राकार विजयी भएका छन्।

त्यसैगरी वडा नं ८ मा एमालेका वेदप्रसाद बञ्जारा, ९ मा कांग्रेसका सहकुलकुमार हुमागाई, १० मा मोहनबहादुर भण्डारी, ११ मा एमालेका विपेन्द्र लामा र वडा नं १२ मा एकीकृत समाजवादीका जयराम केसी विजयी भएका छन्।

जेठ ६, २०७९ शुक्रबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।