विष्णु पौडेलकै वडामा एमाले पराजित, ३० वर्षपछि कांग्रेसले पायो नेतृत्त्व

विष्णु पौडेलकै वडामा एमाले पराजित, ३० वर्षपछि कांग्रेसले पायो नेतृत्त्व

बुटवलः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकै वडामा एमाले पराजित भएको छ। ३० वर्षपछि वडाको नेतृत्त्व कांग्रेसले पाएको छ।

पौडेलको वडा बुटवल-८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भएका छन्।

कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन्। वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले एक हजार ५३९ मत पाउँदा प्रतिद्वन्द्वी एमालेका अर्यालले एक हजार ५०८ मत प्राप्त गरे।

एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो।

जेठ ६, २०७९ शुक्रबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।