काठमाडौं महानगर: ७२ हजार मत गन्दा बालेन र सुनिता २७ हजार नजिक

काठमाडौं महानगर: ७२ हजार मत गन्दा बालेन र सुनिता २७ हजार नजिक

काठमाडौंः स्वतन्त्र मेयर उम्मेदवार बालेन साह र एमालेकी उपमेयर उम्मेदवार सुनिता डङ्गोलले काठमाडौं महानगरपालिकाको जारी मतगणनामा आफ्नो अग्रतालाई झन् झन् फराकिलो बनाउँदै लगेका छन्।

आज बिहान पौने ९ बजेसम्मको मतगणनामा काठमाडौं महानगरपालिकामा कुल ७२ हजार नौ मत गन्दा मेयरमा लौरो छापका बालेनले २६ हजार ८८४ मत ल्याएका छन्। उनलाई एमालेका केशव स्थापितले १४ हजार ५४२ मतले पछ्याइरहेका छन्।

यस्तै तेस्रो स्थानमा गठबन्धनकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले १३ हजार ५९० मत ल्याएकी छिन्। राप्रपाका मदनदास श्रेष्ठले दुई हजार ६९२ मत ल्याएका छन्।

उपमेयरतर्फ एमालेकी डङ्गोलले २६ हजार ८५७ मत ल्याएकी छिन्। गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले आठ हजार ६७९ मत ल्याएका छन्।

जेठ ६, २०७९ शुक्रबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।