सर्लाहीको हरिवनमा माओवादी केन्द्रले जित्यो मेयर, केपी ओलीका विश्वास पात्र पराजित

सर्लाहीः जिल्लाको हरिवन नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका रमेश बुढाथोकी विजयी भएका छन्। ५६ वर्षीय बुढाथोकीले सात हजार दुई मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनले एमालेका निवर्तमान मेयर गणेश प्रसाईंलाई पराजित गरेका हुन्। ४८ वर्षीय प्रसाईंले ६ हजार ८४९ मत ल्याए।
यसअघिको निर्वाचनमा प्रसाईंले बुढाथोकीलाई पराजित गरेका थिए। प्रसाईं एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिन्छन्।
उपमेयरमा हरिवनमा एमाले आएको छ। एमालेकी हरिमाया घलानले ६ हजार ८५५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनले प्रतिस्पर्धी माओवादी केन्द्रकी पद्मा मोक्तानलाई पराजित गरेकी हुन्। मोक्तानले पाँच हजार ३२१ मत प्राप्त गरिन्।
हरिवनको वडा नम्बर ३, ७, ८, १० र ११ एमालेले जितेकाे छ। १, २, ४ र ९ कांग्रेसले जितेकाे छ भने वडा नम्बर ५ र ६ मा एकीकृत समाजवादीले जितेको छ।
जेठ ६, २०७९ शुक्रबार ०९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।