झापाको बुद्धशान्ति: गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापाः बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन्। ११ हजार ४०३ मत प्राप्त गर्दै उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका प्रतिस्पर्धी एमालेकी मीरा भुर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन्।
उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे।
जेठ ६, २०७९ शुक्रबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।