म्याग्दीको मालिका: पहिला जोसँग हारे, अहिले उसैलाई हराए

म्याग्दीको मालिका: पहिला जोसँग हारे, अहिले उसैलाई हराए

म्याग्दीः मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा निर्वाचित भएका छन्। उनले निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई पराजित गरेका हुन्।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा गर्बुजा उनै श्रीप्रसादसँग पराजित भएका थिए। त्यसबेला रोकाले गर्बुजालाई ८५ मतले पराजित गरेका थिए। यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराएका हुन्।

गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरे। १३ हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो।

कुल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा  उपप्रमुख तथा माओवादीले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ।

जेठ ६, २०७९ शुक्रबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।