भरतपुर: ११ र १२ नम्बर वडाको मतगणना चलिरहँदा रेनु ३३ सय मतले अघि

भरतपुर: ११ र १२ नम्बर वडाको मतगणना चलिरहँदा रेनु ३३ सय मतले अघि

चितवनः भरतपुर महानगरपालिका गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन्। महानगरपालिकामा हालसम्म ५४ हजार ४२ मतगणना हुँदा दाहालले तीन हजार ३१० मतान्तरको अग्रता लिएकी छिन्।

दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गरेका छन्।

उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेकी छिन्।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा एकीकृत समाजवादी तथा वडा नं ३ मा एमाले विजयी भएको छ।

हाल वडा नं ११ र १२ को मतगणना भइरहेको छ। ती दुवै वडामा एमाले अगाडि छ। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो।

जेठ ६, २०७९ शुक्रबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।