पोखरा महानगर: ६४ हजार मतगणना हुँदा आचार्यको र रानाभाटको साढे २६ हजार

पोखराः पोखरा महानगरपालिकामा मेयरका उमेदवार धनराज आचार्यले आफ्नो अग्रता फराकिलो बनाएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले महानगरमा ६४ हजार ११ मतगणना हुँदा २६ हजार ४११ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले २३ हजार २४५ मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार १६६ मत बढी छ।
त्यसैगरी राप्रपाका शंकर खरालले दुई हजार ७०३ मत पाएका छन् भने स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले एक हजार ५७७ मत पाएका छन्।
उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले २६ हजार ६४४ मत प्राप्त गरेकी छिन्। एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेकी छिन्। रानाभाट र गुरुङबीचको मतान्तर जम्मा ६६ रहेको छ। उपमेयरका उम्मेदवारबीच सुरुबाटै झिनो मतान्तर रहँदै आएको छ।
महानगरको वडा नं १, ५, ६, २० मा एमाले, वडा नम्बर २, ३, ४, ७, ९, १२, १३ ,२३, २४, २५ र २६ मा कांग्रेस विजय भएको छ।
महानगरमा अहिलेसम्म वडा नम्बर ७, ८, २०, १४ र २७ वडाको मतगणना चलिरहेको छ।
पोखरा महानगरमा दुई लाख सात हजार ७१२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।
जेठ ६, २०७९ शुक्रबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।