बालेनको मत २५ हजार नाघ्यो, स्थापित १४ हजार नजिक

काठमाडौँ : काठमाडौँ महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत २५ हजार कटेको छ। बिहीबार मध्यरात सार्वजनिक परिणाम अनुसार उनले २५ हजार ४ सय २७ मत पाएका छन्।
पछिल्लो मत गणनामा मत प्रतिशत सुधार गरेका एमालेका मेयर उम्मेदवार केशव स्थापितले १३ हजार ४ सय ९९ मत पाएका छन्। कांग्रेसको मेयर उम्मेदवार सिर्जना सिंहले १२ हजार ८ सय ४२ मत पाएकी छिन्।
अधिकांश वडामा साहले लिड गरे पनि काठमाडौँ वडा ८ र २७ मा उनी पछि परे। २७ मा तेस्रो स्थानमा छन्। उनी झन्डै दोब्बर मतले अगाडि भए पनि अझै ६० प्रतिशत मत गन्नै बाँकी छ।
काठमाडौँमा १ लाख ९१ हजार मत खसेको छ। काठमाडौँको वडा २७ को गणनासँगै महानगरको कोट सिटीको गणना सुरु भएको छ। वडा ८ पनि नेवार समुदायको बाहुल्यता रहेको वडा हो। पशुपति, जयबागेश्वरी, गुह्येश्वरी क्षेत्रमा पुराना नेवार बस्ती अझै छ।
जेठ ६, २०७९ शुक्रबार ०२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।