ललितपुरमा ३४ हजार ३१९ मत गन्दा चिरीबाबुको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

ललितपुरमा ३४ हजार ३१९ मत गन्दा चिरीबाबुको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा ३४ हजार ३१९ मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।

पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार ८९१ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले  १० हजार १८८  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १४३६ मत पाएका छन्।

महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा छन्। नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ९ हजार ९३५ मत प्राप्त गरेकी छन्। माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ९६९ मत मत प्राप्त गरेका छन्।


 

जेठ ५, २०७९ बिहीबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।