काठमाडौँको आधिकारिक मत परिणामः बालेन २२ हजार नजिक, स्थापित र सिर्जनाको मत कति? 

काठमाडौँको आधिकारिक मत परिणामः बालेन २२ हजार नजिक, स्थापित र सिर्जनाको मत कति? 

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। मुख्य निर्वाचन कार्यलय काठमाडौँले दिउँसो ४ बजे सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २१ हजार ७५४ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी एमालेका उम्मेदवार केशव स्थापित ११ हजार ५७१ मतका साथ बालेनलाई पछ्याइरहेका छन्। 

पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जन सिहले १० हजार ८५६ मत ल्याएकी छन्। बालेनले स्थापितलाई १० हजार १८३ मतले पछि पारेका छन्। 

यस्तै महानगरको उपमेयर तर्फ एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाइरहेकी छन्। उनले २१ हजार ४३७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ७ हजार ४९७ मत पाएका छन्। 

महानगरको आधिकारिक मत परणाम सार्वजनिक गरेको छ।  र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले २३ हजार मत कटाएका छन्।  सुनिता प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार श्रेष्ठभन्दा १३ हजार ९४० मतले अगाडि छन्।

जेठ ५, २०७९ बिहीबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।