काठमाडौँ महानगर-४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ महानगर-४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ : काठमाडौँ महानगरपालिका–४ मा एमालेका उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ। उनी नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन्। 

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी भएका छन्। महिला सदस्यमा सन्ध्यदेवी खनाल र दलित महिला सदस्यमा कलपना सार्की (वयल्कोटी) विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।  

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ। अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ। वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ। परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन्। 

जेठ ५, २०७९ बिहीबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।