गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी

गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ : गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन्। प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएकी हुन्। 

प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए। प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन्। 

उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत प्राप्त गरे। 
 

जेठ ५, २०७९ बिहीबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।