वडामा लिड गर्दा मात्र मतगणना स्थलमा पुगिन् सिर्जना

वडामा लिड गर्दा मात्र मतगणना स्थलमा पुगिन् सिर्जना

काठमाडौँ : मत गणना चलिरहेको छैटौँ दिन काठमाडौँ महानगरको प्रमुखमा गठबन्धन तथा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह मतगणना स्थल सभा गृह पुगिन्।  उनी वडा नं ८ को मग गणनामा फराकिलो अग्रता लिँदा मत गणना स्थल पुगिन्। २०० मत गणना हुँदा उनले ९९ भोट ल्याएकी थिइन्। स्वतन्त्र उम्मेदवार बालेन साहको ४० र एमालेका केशव स्थापितको १७ भोट रहेको छ।

वडा र मेयरमा के कारणले मत बाँडियो तर भन्ने संचारकर्मीको प्रश्नको जवाफमा उनले भनिन्,‘ के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ। हामी हेर्दैछौँ। अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वसनीय छौँ। जित्ने आशा अझै छ।’अहिले नै मत किन आएर भनेर बोल्दा हतार हुने उनले बताइन्।

 ‘वडामा जित्दा मेयरमा किन मत आएन भनेर अहिले नै बोल्दा अलिक हतार हुन्छ होला,’ उनले भनिन्, ‘यस्तो डिफरेन्स होला भन्ने सोचिएको चैँ थिएन। धेरै मतगणना गर्न बाँकी भएकाले म धेरै आशावादी छु।’  

५९ हजार ९७ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन्। एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मतले दोस्रो स्थानमा छ भने नेपाली सिर्जनाले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन्। हाल वडा नं. ६, ७, ८, २७, २९, ३१ र ३२ को मतगणना भइरहेको छ।

जेठ ५, २०७९ बिहीबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।