ट्रकको ठक्करबाट ५२ वर्षीय काफ्लेको मृत्यु

झापा : ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो। प्रदेश–१–१०–००१ख ३५९४ नंको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ।
जेठ ५, २०७९ बिहीबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।