भरतपुर: ९ र १० नम्बर वडाको मतगणना भइरहँदा रेनुले लिइन् तीन हजार बढीको अग्रता

भरतपुर: ९ र १० नम्बर वडाको मतगणना भइरहँदा रेनुले लिइन् तीन हजार बढीको अग्रता

चितवनः भरतपुर महानगरपालिकाकी मेयर पदकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतले अग्रता लिएकी छिन्। पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी हुन्।

महानगरपालिकामा हालसम्म ४० हजार ९६३ मतगणना हुँदा दाहालले १५ हजार ५१३ मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेकी छिन्।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

वडा नं ९ र १० को गणना भइरहेको छ। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ।

जेठ ५, २०७९ बिहीबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।