टीकापुर नगरपालिकाको मेयरमा रेशम चौधरीको पार्टीका उम्मेदवार विजयी

कैलालीः टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन्। थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका कांग्रेसका नवराज रावललाई हराएका हुन्।
थारुले नौ हजार ६४२ मत ल्याउँदा रावलले ६ हजार ६४२ मत ल्याएका छन्।
त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन्। शाहले सात हजार ९५५ मत ल्याएका हुन्। विकले सात हजार ८०२ मत ल्याए।
टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ।
जेठ ५, २०७९ बिहीबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।