जिल्लाकै पहिलो महिला नगरप्रमुख बनिन् कांग्रेसकी गीता

जिल्लाकै पहिलो महिला नगरप्रमुख बनिन् कांग्रेसकी गीता

सप्तरीः जिल्लाकै पहिलो महिला नगरप्रमुख बनेकी छिन्- गीता चौधरी। सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी चौधरीले तीन हजार मतान्तरले आफ्नो प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्।

उनले सात हजार २९२ मत पाउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार २१७ मत ल्याए। 

योसँगै कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ। 

नगरपालिकाको उपमेयरमा पनि कांग्रेसकै रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित भए। उनको प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याइन्।

वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई/दुईमा जीत हासिल गरेका छन्। सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणामअनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन्। 

जेठ ५, २०७९ बिहीबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।