अघिल्लो निर्वाचनमा एमालेसँग हारे, यो पटक निर्वाचित भए

अघिल्लो निर्वाचनमा एमालेसँग हारे, यो पटक निर्वाचित भए

कञ्चनपुरः वेदकोट नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित भएका छन्। गए राति सम्पन्न मतगणनामा एमालेका उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै बोहरा निर्वाचित भएका हुन्।

बोहराले आठ हजार ७८ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमालेकी सिंहले चार हजार ७४० र एकीकृत समाजवादी र माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ मत प्राप्त गरे।

बोहरा यसअघिको निर्वाचनमा सोही पालिकामा एमालेका अशोककुमार चन्दसँग पराजित भएका थिए।

उपप्रमुखमा कांग्रेसकै तुलसी जोशी निर्वाचित भएकी छिन्। उनले सात हजार २५४ मत प्राप्त गरिन्।

एमालेकी पार्वती जोशीले पाँच हजार ७२७ र माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार हिरा जैशीले तीन हजार ६५२ मत प्राप्त गरेका छन्। 

१० वटामध्ये वेदकोटमा कांग्रेसले पाँच वडाध्यक्ष समेत जितेको छ। अघिल्लो निर्वाचनमा यहाँ एमालेले नगरप्रमुख/उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो।

जेठ ५, २०७९ बिहीबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।