आफ्नै गलबन्दीको पासो लगाएर झुन्डिएको अवस्थामा कैदी फेला

रोल्पाः रोल्पा जिल्ला कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा फेला परेका छन्। सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह झुन्डिएको अवस्थामा फेला परेका हुन्।
उनले कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाएका थिए। जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो।
जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ।
जेठ ५, २०७९ बिहीबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।