घोराही उपमहानगर: गठबन्धनलाई हराउँदै मेयर-उपमेयरमा एमाले विजयी

घोराही उपमहानगर: गठबन्धनलाई हराउँदै मेयर-उपमेयरमा एमाले विजयी

बुटवलः दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। एमालेका नरुलाल चौधरीले दोस्रो पटक घोराहीमा विजयी भएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी मेयरमा विजयी भएका थिए। उनले ३१ हजार ७२८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३६८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर पाँच हजार ३६० छ।

त्यस्तै उपमेयरमा एमालेकै हुमा डीसी विजयी भएकी छिन्। डिसीले गठबन्धनको तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भएकी हुन्।

डिसीले ३० हजार ४०३ मत प्राप्त गरेकी थिइन् भने डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका थिए।

डाँगी २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट घोराहीको मेयरमा उम्मेदवार थिए। त्यतिबेला एमालेका नरुलाल चौधरीका निकटम प्रतिद्वन्द्वी थिए।

एमालेले घोराहीका १९ वटा वडामध्ये १३ वटामा विजय हासिल गरेको छ। वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७, १८ मा एमाललेले जित निकाल्न सफल भएको हो।

त्यस्तै माओवादी केन्द्रले वडा नं ९ मा मात्र जित निकालेको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले तीन वटा वडामा जित्न सफल भएको थियो। 

त्यस्तै कांग्रेसले पाँच वटा वडामा जित निकाल्न सफल भएको छ। कांग्रसले वडा नं १०, १३, १५, १६ र १९ मा जित निकाल्न सफल भएको हो।

जेठ ५, २०७९ बिहीबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।