ओमसतियामा एमालेले जित्यो गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा कांग्रेस

रुपन्देहीः ओमसतिया गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका मञ्जित यादव अध्यक्षमा विजयी भएका हुन्।
यादवले चार हजार ८३२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले तीन हजार १३९ मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी विजयी भएकी छन्। चौधरीले चार हजार १३९ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले तीन हजार ४५५ मत पाइन्।
६ वटा वडा रहेको ओमसतियामा वडा नम्बर १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन्। ६ मा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन्।
जेठ ५, २०७९ बिहीबार ०९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।