चुनाव भएको छैठौं दिनमा पनि शून्य मतमा छन् महानगर प्रमुखका यी उम्मेदवार

चुनाव भएको छैठौं दिनमा पनि शून्य मतमा छन् महानगर प्रमुखका यी उम्मेदवार

काठमाडौंः वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन भएको ५ दिन पूरा भयो। केही स्थानीय तहमा मत परिणाम आइसक्दा महानगरमा भने वडा तहका मात्रै नतिजा आइरहेको छ। 

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार र दलका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहँदा केही उम्मेदवारको खाता भने शून्य छ। 

महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले २१ हजार भन्दा बढी मत ल्याएर लिड गरिरहँदा अन्य १६ जना स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन्। 

बाख्राको टाउको चुनाव चिह्न भएका राष्ट्रिय यथार्थवादी पार्टीका उम्मेदवार आनन्दराज जोशी, चिया कप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार स्वईट थापा, सिलिण्डर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार बच्चनराज श्रेष्ठ, घाँघर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार शैलेन्द्रमान श्रेष्ठ, ब्याडमिन्ट र कर्क चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार उमेश सिंहले अहिलेसम्म खाता खोल्न सकेका छैनन्। 

यस्तै ठेकी चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार महेश प्रजापति, कंगारु चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार विपीनराज वैद्य, बुट चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रजितमान शाक्य, प्रेसर कुकर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार प्रणेशबहादुर मल्ल, खिप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार किरण रञ्जित, भालु चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रोशन शाही शून्य मतमै छन्।

घण्टाघर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार निमकान्त पाण्डे, बिरालो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार जेठा महर्जन, भ्यागुतो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार मनिस श्रेष्ठ, बँदेल चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार सुनिल श्रेष्ठले पनि हालसम्म एक मत पनि पाएका छैनन्। 

काठमाडौं महानगरमा ५५ जना महानगर प्रमुखको प्रतिस्पर्धामा छन्। 

यता पोखरा महानगरको प्रमुख पदमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले दुई हजारभन्दा बढी मतले लिड गरिरहेका छन्। 

उनलाई पछ्याइरहेका छन्- एमालेका उम्मेदवार कृष्णबहादुर थापाले।

पोखरामा २३ जना महानगर प्रमुखको दौडमा छन्। तीमध्ये दुई जनाले खाता खोल्न सकेका छैनन्। 

चङ्गा चुनाव चिह्न भएका राष्ट्रिय नागरिक पार्टीका सृजनादेवी रिजाल, बाह्रसिंगे चुनाव चिह्न भएका देशभक्त समाज पार्टीका उम्मेदवार रनबहादुर दमैले खाता खोल्न सकेका छैनन्।

भरतपुर महानगरको प्रमुख पदमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा छ। 

रेनुले साढे १४ हजार मत ल्याउँदा विजयको साढे ११ हजारभन्दा थोरै बढी मत छ।

भरतपुरमा २७ जना चुनावी मैदानमा छन्। तीमध्ये १० जनाले खाता खोल्न सकेका छैनन्। 

घर चुनाव चिह्न भएका राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, कुखुराको भाले चुनाव चिह्न भएका मंगोल अर्गनाइजेशनका टेकबहादुर पुन, माइक चुनाव चिह्न भएका सञ्जय ठाकुर, जेब्रा चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रहिशचन्द्र घिमिरे, कैँची चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रमेश भण्डारी, गुलावको फूल चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रामकृष्ण ओझा, आँप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार हरिशरण श्रेष्ठ, पुतली चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार मोहित पाण्डे, खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार कुलराज कडेल र हाँस चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार मिलन अधिकारीले खाता खोल्न सकेका छैनन्। 

विराटनगर महानगरपालिकामा गठबन्धन तथा नेपाली कांग्रेका उम्मेदवार नागेश कोइरालाले साढे १७ हजार मत ल्याएर लिड गरिरहेका छन्। 

एमालेका सागर थापाले करिब १३ हजार मत ल्याएका छन्। उनी दोस्रो स्थानमा छन्। 

१३ जना उम्मेदवार महानगरको प्रमखको लागि चुनावी मैदानमा रहेको विराटनगरमा सबैले खाता खोलेका छन्। सबै उम्मेदवारले दाहोरो अंकमा मत ल्याएका छन्। 

वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंहले १६ हजारभन्दा बढी मत ल्याउँदा एमालेका उम्मेदवार विजय सरावगीले आठ हजारभन्दा थोरै बढी मत ल्याएका छन्। 

वीरगंजमा ३० जना महानगरको प्रमुखमा चुनावी मैदानमा हुँदा २० जनाले खाता खोल्न सकेका छैनन्। 

सद्भावना पार्टीका सबजय रौनियार, लाल्टिन चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार राधेश्याम साह, बस्ने मुडा चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार राजेन्द्र सिंह, जेब्रा चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार राजेश सिंह, कप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार सत्रुधन कुर्मी, आँप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार भोला पटेल, चुलेसी चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार कोपशिलादेवी कनुईन, ब्याडमिन्टनको कर्क चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार कैलाश सर्राफको शून्य मत छ।

ठेकी चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार सुनिल कलवार, काग चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार समुदीन मियाँ, बाज चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार बृजमोहन चौरसिया, प्रेसर कुकर विक्कीराव पटेल, खिप चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रिजवान अली, भुईँकटहर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार प्रभात सिंह, पुतली चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार अजयकुमार कुर्मी, खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार जमिल राय भाट, हाँस चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार फरोज आलम, धारा चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार महम्मद हफिज मियाँ र भ्यागुतो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार सञ्जीव यादवले खाता खोल्न सकेका छैनन्। 

ललितपुर महानगरमा गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन १५ हजार तीन सयभन्दा बढी मत ल्याएर अग्रस्थानमा हुँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले करिब आठ हजार मत ल्याएका छन्।

ललितपुरमा १३ जना महानगर प्रमुखको लागि चुनावी मैदानमा छन्। सबै उम्मेदवारले खाता खोल्दा ५ जना उम्मेदवारले दोहोरो अंकमा मत ल्याउन सकेका छैनन्।

जेठ ५, २०७९ बिहीबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।