१० पटक स्वतन्त्रबाट चुनाव जितेका नरसिंह यसपटक आफ्नै भतिजसँग हारे

काठमाडौंः ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाध्यक्षका उम्मेदवार थिए- नरसिंह व्यञ्जनकार। स्वतन्त्रबाट निर्वाचन लड्ने गरेका नरसिंहले लगातार १० वटा निर्वाचन जितिसकेका पनि थिए।
यसपटक उनी ११औं कार्यकालका लागि भिड्दै थिए। यसपालि निर्वाचित भए, बागमती नदी सफाइ र वडाको आफ्नै भवन निर्माण गर्ने उनको धोको थियो।
तर यसपटक उनले चुनाव हारे। आफ्नै भतिजा कांग्रेसका रविनमान व्यञ्जनकारसँग उनी पराजित भए। रविनमानले ८२५ मत ल्याएर विजयी हुँदा नरसिंहले ५४३ मत मात्र ल्याए।
नरसिंह पुतली छाप लिएर निर्वाचनमा होमिएका थिए।
जेठ ५, २०७९ बिहीबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।