मकवानपुरका सात स्थानीय तहको नतिजा सार्वजनिक

मकवानपुरः १० स्थानीय तह रहेको मकवानपुर जिल्लाको सात स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। हेटौंडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ।
हालसम्म एमालेले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ। इन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भएको हो।
गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ। कांग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको हो।
माओवादी केन्द्रले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिकामा माओवादी विजयी भएको हो।
जेठ ५, २०७९ बिहीबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।