पोखरा: साढे ४७ हजार मत गन्दा धनराज दुई हजारले अघि

पोखराः पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रता बनाइरहेका छन्। महानगरमा ४७ हजार ४६६ मत गणना हुँदा एकीकृत समाजवादीका अचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले १७ हजार ६१२ मत पाएका छन्। थापाको भन्दा आचार्यको २ हजार ३ मत बढी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले एक हजार ९६२ मत पाएका छन भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले एक हजार २४ मत पाएका छन्।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ मत प्राप्त गरेकी छन्। कांग्रेसकी कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन्।
महानगरको वडा नं १, ५, ६ मा एमाले, वडा नम्बर २, ३, ४, १२, २०,२३, २४, २५ र २६ मा कांग्रेस विजय भएको छ। महानगरमा अहिले वडा नम्वर ७, ८, १३, २०, २५, २६ र २७ वडाको मतगणना चलिरहेको छ।
जेठ ५, २०७९ बिहीबार ०७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।