रुपन्देहीको कञ्चन गाउँपालिका कांग्रेसले जित्यो

रुपन्देहीः कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका नवराज ढकाल नौ हजार ८५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
नेकपा एमालेका दिनानाथ आचार्यलाई हराउँदै उनले गाउँपालिकाको नेतृत्त्व प्राप्त गरेका हुन्। आचार्यले सात हजार ८४५ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि कांग्रेसकै मौसमी थापा मगर नौ हजार १९४ मतसहित विजयी भएकी छिन्। नेकपा एमालेकी ओमकली रहाडीले उपाध्यक्ष पदका लागि सात हजार ६९९ मत प्राप्त गरेकी छिन्।
जेठ ४, २०७९ बुधबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।