ललितपुर महानगरः १७७०७ मतका साथ चिरिबाबु अग्र स्थानमा

काठमाडौँ : ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ९६९८ मत पाएका छन्। १७ हजार ७ सय ७ मतको गणनामा चिरिबाबुले अग्रता लिँदा उनका प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४३८० मत पाएका छन्। राप्रपाका अष्ट महर्जनले ८७२ मत ल्याएका छन्।
उपप्रमुखका उम्मेदवार नै नभएको रुख चिह्नमा २६४२ मत पाउँदा एमालेकी मञ्जली शाक्य एमालेले ४८९१ मतसाथ अग्रता लिएकी छन्। माओवादीका बाबुराज वज्राचार्यले ३३६६ मत ल्याएका छन् भने राप्रपाकी स्वर्णिमा शाक्यले १५८२ मत पाएकी छन्।
जेठ ३, २०७९ मंगलबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।