काठमाडौँ अपडेटः मतान्तर बढाउँदै बालेन, स्थापित ६ हजारले पछि परे

काठमाडौँ अपडेटः मतान्तर बढाउँदै बालेन, स्थापित ६ हजारले पछि परे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरको दौडमा रहेका बालेन साहले अग्रता कायमै राखेका छन्। ३३ हजार १२२ मत गन्दा बालेनले १२ हजार ८ सय ९२ मत पाएका छन्। 

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ८८५ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ६ हजार १०९ मत परेको छ।

अहिले ३,४,५,६, २९,३०, ३१, ३२ वडाको मतगणना भइरहेको छ। 

जेठ ३, २०७९ मंगलबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।