ललितपुरमा १६ हजार ५२० मत गन्दा चिरिबाबुलाई ५ हजार बढीको अग्रता

ललितपुर : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरभन्दा बढीको अग्रता बनाएका छन्। ललितपुर महानगरमा १६ हजार ५२० मत गणना हुँदा चिरिबाबुले ५ हजार १८७ मतको अग्रता लिएका छन्। चिरिबाबुले ९ हजार २१६ मत प्राप्त गरेका छन्।
एमालेका हरिकृष्ण व्यञ्जनकार ४ हजार २९ मतका साथ चिरिबाबुलाई पछ्याइरहेका छन्। उपमेयरमा भने एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्य ४ हजार ४९७ मतका साथ अग्रता लिएकी छन्। उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ३ हजार ८१ मत ल्याएर पछ्याइरहेका छन्।
ललितपुर महानगरमा ८ वडाको मत गणना सम्पन्न भएको छ ।
जेठ ३, २०७९ मंगलबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।