काठमाडौँको आधिकारिक मत परिणामः मेयरका उम्मेदवार बालेनको भन्दा उपमेयर डंगोलको मत बढी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायमै राखेका छन्। मंगलबार साँझ६ः३० बजे साहयक निर्वाचन अधिकृत प्रेस प्रसाद पौडेलले दिएको जानकारी अनुसार बालेनले ११ हजार ४२ मत पाएका छन्।
उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गरेका छन्। स्थापित भन्दा बालेन ४ हजार ८७७ मतले अगाडि छन्।
पाँच दलीय गठबन्धन तर्फकी साझा उम्मेदवार सिर्जना सिहले ५ हजार ३८५ मत पाएकी छन्।
यस्तै उपमेर तर्फ एमालेकी सुनिता डंगोलले अग्रता लिइरहेकी छन्। डंगोलले ११ हजार ४८५ मत ल्याउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ३८७ मत ल्याएका छन्। डंगोल भन्दा श्रेष्ठ ९ हजार बढी मतले पछि परेका छन्।
पछिल्लो मत परिणाम अनुसार बालेनको भन्दा सुनिता डंगोलले ४४३ मत बढी ल्याएकी छन्।
जेठ ३, २०७९ मंगलबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।