बाजुराको बडिमालिकामा एमाले विजयी

बाजुराको बडिमालिकामा एमाले  विजयी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा एमाले विजयी भएको छ। मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएका हुन।

विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका धनराज पण्डितले तीन हजार ५५२ मत ल्याएर पराजित भएका छन्। त्यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले ४ हजार २३३ मत ल्याएका छिन। थापाका प्रतिस्पर्धी राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएर पराजय भइन्।

मेयर उपमेयरमा नेपाली काँग्रेस र एमाले बाट नयाँ अनुहार लडेको थिए। ९ वटा वडा रहेको बडिमालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबल बहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले जितेका छन्।

त्यस्तै वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सूर्यकिरण विक विजयी भएका छन्। २०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख र उपप्रमुख दुवैै नेपाली काँग्रेसले जितेको थियो।
 

जेठ ३, २०७९ मंगलबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।