हुम्लाको नाम्खा गाउँपालिकामा गठबन्धन विजयी

काठमाडौँ : हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी भएका छन्। यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित लामाले एक हजार चार सय ६६ मत ल्याएका छन् उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६ सय ६२ मत ल्याउका छन्। उनी नेपाली कांग्रेस निकट छन्।
यस्तै, उपाध्यक्ष तकदिर लामाले एक हजार ९४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले पाँच सय ६५ मत ल्याएका छन्। उनी कांग्रेस निकट हुन्। नाम्खामा तीन हजार एक सय ८२ मत रहेकोमा दुई हजार तीन सय ७१ मत खसेको थियो।
जेठ ३, २०७९ मंगलबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।