काठमाडौँ महानगरः बालेन साह झण्डै दोब्बर मतले अगाडि

काठमाडौँ महानगरः बालेन साह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्। २८ हजार ९०० मत गन्दा बालेनले ११ हजार ६३२ मत ल्याएका छन्। 

उनका प्रतिस्पर्धी एमालेका उमेदवार केशव स्थापितले ६ हजार २५९ मत ल्याएका छन्। पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिहले ५ हजार ४८६ मत पाएकी छन्। 

एमालेका स्थापित ५ हजार ३७३ र कांग्रेसकी सिंह ६ हजार १४६ मतले पछाडि परेकी छन्। बालेन साह झण्डै दोब्बर मतले अग्रता लिड गरिरहेका छन्। 
 

जेठ ३, २०७९ मंगलबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।