जुम्लाको पातारासीमा कांग्रेस विजयी

जुम्लाको पातारासीमा कांग्रेस विजयी

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी  माओवादी केन्द्रका हरिबहादुर बुढाले दुई हजार ६६८ मत ल्याएका हुन्। 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी जनमाया रोकायाले दुई हजार ७५४ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति बुढाले दुई हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय पातारासीले जनाएको छ। 

जिल्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाको अन्तिम मत परिमाण आउन बाँकी छ। हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ। 
 

जेठ ३, २०७९ मंगलबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।