काठमाडौँ महानगर: बालेन साढे ११ हजार नजिक, स्थापित र सिर्जनाको मत कति? 

काठमाडौँ महानगर:  बालेन साढे ११ हजार नजिक, स्थापित र सिर्जनाको मत कति? 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरको दौडमा रहेका बालेन साहले आग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन ११ हजार ४०८ मत सहित पहिलो स्थानमा रहेका छन्।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ५ हजार ५०८ मत परेको छ। बालेनले स्थापितलाई ५ हजार १७६ र सिर्जनालाई ६ हजार २६ मतले पछि पारेका छन्। 

जेठ ३, २०७९ मंगलबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।