उत्तर कोरियामा ज्वरो पीडितको संख्या १४ लाख ८० हजार

एजेन्सीः उत्तर कोरियामा ज्वरोबाट पीडितहरूको संख्या १४ लाख ८० हजार पुगेको छ। कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेअनुसार सोमबार मात्रै थप दुई लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन्।
तीमध्ये एक लाख ७० हजार ४६० जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
अप्रिलको अन्त्यमा ज्वरोको प्रकोप भएदेखि हालसम्म आठ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेका छन्। ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् भने मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
जेठ ३, २०७९ मंगलबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।