सुनको मूल्य तोलामा ९६ हजार ७००

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि छापावाल सुन तोलामा ९६ हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रहेको छ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैयाँ प्रतितोला कायम भएको छ।
जेठ ३, २०७९ मंगलबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।