प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

देउवाका भाइ प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित थिए। केही समयदेखि वीर अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

प्रेमबहादुरको आज बिहान ११ बजेबाट पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको छ।

जेठ ३, २०७९ मंगलबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।