४८ सय मतले बालेन अघि लागे, स्थापित र सिंहबीच ७१२ को मात्र फरक

४८ सय मतले बालेन अघि लागे, स्थापित र सिंहबीच ७१२ को मात्र फरक

काठमाडौंः बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नो अग्रता कायमै राखेका छन्। हालसम्म महानगरमा २७ हजार ३८३ मत गनिसकिएको छ।

वडा नम्बर १, २, ३, ४, ५, ६, ३१ र ३२ को मत गणना हुँदा १०:५० बजेको पछिल्लो परिणामअनुसार बालेनले १० हजार ५३५ मत ल्याएका छन्। यस्तै बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले पाँच हजार ७०१ मत ल्याएका छन्। यी दुईबीचको मतान्तर चार हजार ८३४ रहेको छ।

स्थापितलाई पछ्याउँदै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले चार हजार ९८९ मत ल्याएकी छिन्। यी दुईबीच ७१२ मतको मात्र अन्तर रहेको छ।

बालेनले हालसम्मको गणनामा सबैभन्दा बढी मत काठमाडौंको ३२ नम्बर वडाबाट ल्याएका छन्। कोटेश्वर, तीनकुने लगायत क्षेत्र पर्ने त्यो उनको आफ्नै गृहवडा समेत हो।

जेठ ३, २०७९ मंगलबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।