भरतपुरमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनः भरतपुर महानगरपालिका- ५ नयन चोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १९ का २० वर्षीय विशेष दाहाल रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स भरतपुरमा मृत्यु भएको हो। विशाल चोकबाट जानकी चोकतर्फ जाँदै गरेको ना६३प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरीत दिशाबाट आउँदै गरेको ना३८प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटना पश्चात् फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।
जेठ ३, २०७९ मंगलबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।