६ मध्ये पाँच वडा र उपाध्यक्ष जित्दा पनि अध्यक्षमा एमाले पराजित

बुटवलः गुल्मीको रूरूक्षेत्र गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी बनेका छन्। एमालेका हिमालकुमार श्रेष्ठलाई एक हजार २७७ मतान्तरले पराजित गरे।
ज्ञवालीले पाँच हजार ८१७ मत ल्याउँदा श्रेष्ठले चार हजार ५४० मत पाए। उपाध्यक्ष र अन्य ५ वडा भने एमालेले जितेको छ।
उपाध्यक्षमा एमालेकी मीनादेवी गौतमले पाँच हजार ४५१ भोट ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका दुर्गा ज्ञवाली ८०५ मतान्तरले पराजित भइन्।
पालिकाका ६ वडामध्ये ५ वडाध्यक्ष र उपाध्यक्ष जित्दा पनि अध्यक्षमा एमालेका उम्मेदवार पराजित भए।
जेठ ३, २०७९ मंगलबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।