गुल्मीको मालिका गाउँपालिकामा माओवादी-कांग्रेस गठबन्धनको प्यानलै विजयी

बुटवलः गुल्मीको मालिका गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका देवीराम अर्याल निर्वाचित भएका छन्। अर्यालले ६ हजार १७६ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापाले चार हजार ६१७ मत ल्याएका छन्।
त्यस्तै कांग्रेसका उपेन्द्र अर्यालले ६ हजार ३३४ मत ल्याएर गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन्। अर्यालका प्रतिद्वन्द्वी नेकपा एमालेकी रनमाया पुनले चार हजार ६९२ मत ल्याएकी छिन्।
मालिका गाउँपालिकाका ८ वटा वडामा सत्तारुढ गठबन्धनका प्यानल नै विजयी भएका छन्।
जेठ ३, २०७९ मंगलबार ०९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।