आज मदन–आश्रित स्मृति दिवस

काठमाडौंः विसं २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको थियो। आज एमालेले उनीहरू स्मृतिमा मदन–आश्रित स्मृति दिवस मनाउँदै छ।
विगतका वर्षहरूमा ठूला कार्यक्रम हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले चितवनमा ठूला कार्यक्रमा राखिएको छैन। मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
यता काठमाडौंमा भने एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा श्रद्धञ्जली सभा राखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू उपस्थित हुँदैछन्।
जेठ ३, २०७९ मंगलबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।