भरतपुर महानगर: ४ नम्बर वडाको मतगणना सकिँदा रेनु ३० मतले अगाडि

भरतपुर महानगर: ४ नम्बर वडाको मतगणना सकिँदा रेनु ३० मतले अगाडि

चितवनः भरतपुर महानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन्। वडा नम्बर ४ को मतगणना सकिँदा रेनुले ३० मतले अग्रता बनाएकी हुन्।

रेनुले पाँच हजार ७१८ मत ल्याउँदा एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गरेका छन्।

यता वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी भएका छन्। एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन्।

अब वडा नं ५ को मतगणना थालिएको छ। भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ।

जेठ ३, २०७९ मंगलबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।