४४ सय मतले 'लिड' गरिरहेका छन् काठमाडौंमा बालेन

काठमाडौंः स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरमा 'लिड' गरिरहेका छन्। उनी आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अघि देखिएका छन्।
हालसम्म महानगरमा १, २, ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडा गन्दा बालेनले सबै वडामा फराकिलो अन्तर राखेका छन्।
पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ६१४ मत ल्याएका छन्। यस्तै एमालेका केशव स्थापितले पाँच हजार १५७ मत ल्याएका छन्।
उता गठबन्धनसहित उठेकी कांग्रेसकी सिर्जना सिंहले चार हजार ४७७ मत ल्याएकी छिन्।
बालेन र स्थापितबीचको मतान्तर चार हजार ४५७ रहेको छ। उता सिंहसँग मतान्तर पाँच हजार १३७ रहेको छ।
यद्यपि यो निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्क होइन। आयोगले निकै ढिलो मात्र मतगणना अपडेट गराइरहेको छ।
जेठ ३, २०७९ मंगलबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।