धादिङको ज्वालामुखी गाउँपालिका- ६ मा ४५ वर्षपछि कांग्रेसको जित

धादिङको ज्वालामुखी गाउँपालिका- ६ मा ४५ वर्षपछि कांग्रेसको जित

काठमाडौंः धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा ४५ वर्षपछि नेपाली कांग्रेसले जितेकाे छ। वडाध्यक्षमा कांग्रेसका किशाेर सेढाईंले १०९ मतको मतान्तरले जितेका हुन्।

उनले प्रतिस्पर्धी एमालेका मोहनकुमार श्रेष्ठलाई हराएका हुन्।

ज्वालामुखी गाउँपालिका- ६ मा वडा अध्यक्षसहित सदस्यहरूमा पनि कांग्रेसकै रचना आचार्य, पार्वती उपरकोटी, रामकुमार शाक्य र लीलामान शाक्य विजयी भएका छन्।

४५ वर्षपछि यो क्षेत्रमा कांग्रेसले जित हात पारेको हो।

जेठ ३, २०७९ मंगलबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।