सायल गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबैमा कांग्रेसको जित 

सायल गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबैमा कांग्रेसको जित 

काठमाडौं । डोटीको सायल गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवारले गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबै जितेका छन्। निर्वाच आयोगको तथ्यांक अनुसार वडामा भने मिश्रित नतिजा आएको छ। 

गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्म राज जोशी विजयी भए। उनले ३ हजार २४३मत प्राप्त गरे। दोस्रो बनेका एमालेका तेज बहादुर डुम्रेलले २ हजार २४० मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा पनि कांग्रेनै विजयी भयो। कांग्रेसकी निर्मला बोहरा ९ओली० ले २ हजार ९३७मत प्राप्त गरिन्। दोस्रो बनेकी एमालेकी बिस्ना देवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन्।

जेठ २, २०७९ सोमबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।